स्नातकाेत्तर तह प्रथम सत्रान्त (1st Semester) काे परीक्षा आवेदन फाराम सम्बन्धी सूचना
यही २०८३ साल जेठ महिनामा सञ्चालन हुने शिक्षाशास्त्र संकायअन्तर्गत सेमेष्टर प्रणालीमा आधारित स्नातकाेत्तर तह (M.Ed.) प्रथम सेमेस्टरकाे नियमित तथा आंशिक परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले यही २०८३ साल बैशाख २५ गतेसम्म परीक्षा आवेदन फारम भाैतिक रुपमा उपस्थित भै भर्न हुन सूचित गरिन्छ । ताेकिएकाे समयमा आवेदन फारम भर्न छुट हुने विद्यार्थीहरुले दाेब्बर दस्तुर तिरी यही २०८३ साल बैशाख २६ गतेदेखि ३१ गतेसम्म परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।